प्रदेश-२ सरकारले झुटको खेती गरिरहेको सांसद मन्जु यादवको आरोप


१० पुष २०७८, शनिबार
270009663 1324101434669568 7695507000047941001 n 9qV1dFZGtg

जनकपुर । नेकपा (एकीकृत समाजवादी) को प्रदेश-२ की सांसद मन्जु यादवले लालबाबु राउत सरकार झुठको खेती गरिरहेको आरोप लगाएकी छन् । प्रदेशको नाम र राजधानी चार वर्षसम्म टुंगो नलगाएर सरकार र सांसदहरू जनतामा हावादारी कुरा गरिरहेको उनको आरोप छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै सतारुढ दलकी सांसद यादवले नै सरकारविरुद्ध यस्तो टिप्पणी गरेकी हुन् ।

‘मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश यी प्रस्तावित नामहरु सरकार र हामी सांसदले फेल गराएका होइनौं ?’ प्रश्न गर्दै उनले भनिन्, ‘सगरमाथाको चुचुरो छुने खालको गफ दिएर हावादारी कुरा गर्ने, जनतामा भ्रम छर्ने काम सरकारले गरिरहेका छ । के हामी फटाहा सांसद हौं ?’

उनले एक पटक सबै प्रस्तावित नामहरु फेल भइसक्दा दुई वर्षपछि पुनः छुट्टाछुट्टै त्यहीं प्रस्ताहरु ल्याउनु उचित नभएको बताइन् । ‘सरकार र सत्तारुढ दलहरूले फेरि अलग अलग प्रस्ताव ल्याएर नाटक किन गर्नु पर्‍यो ? मुख्यमन्त्री, मन्त्री बन्न सहमति हुने, अनि प्रदेशको नामको प्रस्ताव फरक फरक ल्याउने ? त्यसको लागि समन्वय गरेर एउटा नाम ल्याउनु पर्दैन्थो ?’ उनले सदनमा प्रश्न गर्दै भनिन् , ‘बरु प्रमुख प्रतिपक्षी दल लोसपाको भूमिका मलाई ठिक लाग्यो, सत्तारुढ दलकै प्रस्तावमा समर्थन गर्‍यो ।’

प्रदेश २ मै रहेको पुरानो विश्व विद्यालयका कलेजहरु धारासायी भइरहेको बेला त्यसको सुधार नगरी पुनः सदमा छलफलै नगरी अध्यादेश ल्याएर कृषि विश्व विद्यालय स्थापना गर्न लागेकोमा पनि सांसद यादवले असन्तुष्टि प्रकट गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७