किन रोजे एसएसएपी यादवले मृत्यु ?


१० पुष २०७८, शनिबार
police 1024x644 1

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।

उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।

भान्छेले देखेको दृष्य थियो एसएसपी यादव आफ्नै कोठामा झुन्डिरहेको अवस्था । यो घटनापछि के गर्ने रु भन्ने कुरामा प्रहरी पनि अलमलमा पर्‍यो । त्यसपछि प्रहरी उनका पारिवारिक सदस्य नआउन्जेल ढोका नखोल्ने निष्कर्षमा पुग्यो ।

एसएसपी यादवका परिवार काठमाडौंमा बस्दै आएका थिए । शुक्रबार साँझ मात्र उनका बुबा, भाइ र श्रीमती घटनास्थल पुगेपछि ढोका खोलिएको थियो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको थियो । हालसम्म प्रहरीले मृत्युको कारण केही बताएको छैन । यद्यपि, सोधपुछका क्रममा कार्यालयका कर्मचारीले बिहान खाजा लिएर जाँदासम्म उनी सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् ।

अपहरण तथा शरीर बन्धक घटनामा संलग्न रूपन्देही अमुवाका अमर टण्डनलाई उन्मुक्ति दिएको आरोपमा एसएसपी यादवसहितलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने तयारी गरिरहेको जनाइएको छ । सो अभियोगमा टण्डनविरुद्ध उजुरी दर्ता हुँदादेखि हालसम्मको अनुसन्धानको म्याद नै नहेरी अनुसन्धान अधिकृतहरूले म्याद गुजारेका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७