अफगानिस्तानमा तालिबान सत्तामा आएपछि ६ हजार बढी पत्रकारको जागिर गुम्यो


१० पुष २०७८, शनिबार
taliban 1month Zcy4NaQVHY

काठमाडौं । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६ हजार ४ सय पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार सङ्घ (एआईजेए) ले गरेको सर्वेक्षणअनुसार तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको सञ्चारमाध्यममा नाटकीय परिवर्तन भएको छ । तालिबानको सत्तापलटपछि २३१ सञ्चारमाध्यमहरु बन्द भएका छन् ।

अफगान सञ्चारमाध्यममा तालिबान सत्ताको प्रभाव देखिएको सर्वेक्षणमा जनाइएको छ । हरेक १० सञ्चारमाध्यमबाट चार जनाभन्दा बढी पत्रकार पलायन भएका छन् । यस हिसाबले देशका ६० प्रतिशत पत्रकार र सञ्चारमाध्यमका कर्मचारीले काम छोडेका छन् । पलायन हुनेमा ८० प्रतिशत महिला छन् ।

५४३ सञ्चारमाध्यमहरुमध्ये नोभेम्बरको अन्त्यसम्म ३१२ वटा मात्र सक्रिय छन् । यसको अर्थ तीन महिनाको अवधिमा ४३ प्रतिशत सञ्चारमाध्यम हराएका सर्वेक्षणमा भनिएको छ । चार महिनाअगाडि मात्र धेरै अफगान प्रान्तमा कम्तीमा १० ओटा निजी सञ्चारमाध्यम थिए । तर, अहिले केही क्षेत्रमा कुनै पनि स्थानीय सञ्चारमाध्यम नरहेको सर्वेक्षणले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७