‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


१० पुष २०७८, शनिबार
A division 8dX15b7ms1

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) दुई वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब खेल्दै छन् ।

खेल दिउँसो १ बजे शुरु हुनेछ । हिमालयन शेर्पा क्लब ५ खेलमा एक जित, दुईमा बराबरी र दुईमा हारसहित ५ अङ्कका साथ तालिकाको नवौँ स्थानमा छ । समान खेलमा एक जित, एक बराबरी र तीन वटामा पराजित च्यासल युथ क्लब ४ अङ्कका साथ १३ औं स्थानमा छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा अङ्क तालिकाको शीर्ष दुईमा रहेका मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लब खेल्दै छन् । खेल दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु हुनेछ । अङ्क तालिकामा मनाङ शीर्ष स्थानमा छ । उसको चार जित र एक बराबरीसहित १३ अङ्क छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रले तीन जित र दुईमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७