कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक बस्दै, आजै पदभार ग्रहण र प्रमाणपत्र वितरण


१० पुष २०७८, शनिबार
deuwa 1

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरे लगत्तै केन्द्रीय समिति बैठक बस्ने कांग्रेस कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । यसबाहेक नयाँ विधानअनुसार सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ ।

बैठकमा सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निणर्य गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ । कांग्रेसले बैठकको निणर्यसहित शनिबार नै आयोगमा राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने तयारी पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७