५० लाख सिरिञ्ज आइपुग्यो, सातै प्रदेशमा पठाइँदै


१० पुष २०७८, शनिबार
download 1 23

काठमाडौं । सरकारले सबै प्रदेशमा सुई (सिरिञ्ज) पठाउने तयारी गरेको छ । हिजो भारतको कोलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको हो ।

यो सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो । अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् । सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित भएको थियो ।

सिरिञ्ज अभावमा प्रदेश-१ का सुनसरी, झापा र मोरङ बाहेकका ठाउँमा खोप अभियान नै प्रभावित बनेको थियो । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिञ्ज आइसकेको र पठाएपछि खोप कार्यक्रम नियमित हुने डा.चौरासियाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७