ओमिक्रोनका कारण विश्वभर हजारौं उडान रद्द


१० पुष २०७८, शनिबार
airport 1

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण क्रिसमसको बेला विश्वभर लाखौं मानिसहरूले यात्रा अवरोधको सामना गर्नु परेको छ कोभिड प्रतिबन्धहरू, बढ्दो ओमिक्रोन संस्करणले सुरक्षा व्यवस्था कडा बनाउँदा थप्रै अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् ।

फ्लाइटअवेयर वेबसाइटका अनुसार विश्वभरि हजारौं उडानहरू रद्द गरिएका छन् । इटाली, स्पेन र ग्रीसले फेरि घर बाहिर निस्कँदा मास्क अनिवार्य बनाएका छन् । उत्तरी स्पेनको क्याटालोनियाले रातभरको कर्फ्यू लगाएको छ । नेदरल्यान्ड्समा कडा प्रतिबन्धात्मक व्यवस्था जारी गरिएको छ ।

ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा हल्का छ भन्ने प्रारम्भिक निष्कर्षहरूको बावजुद, वैज्ञानिकहरू संक्रमितहरुको बढ्दो संख्याबाट चिन्तित छन् । बिहीबार बेलायत, फ्रान्स र इटालीमा संक्रमणको नयाँ रेकर्ड बनेका छन् । अमेरिकामा, दैनिक ओमिक्रोनका केसहरू पछिल्लो डेल्टा लहरको चरम सीमाभन्दा पनि बढेको छ । देशभरका अस्पतालहरू बिरामीले भरिन थालेका छन् ।

अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ, डा एन्थोनी फाउचीले क्रिसमस यात्राले पूर्ण खोप लगाइए पनि कोरोनाको संक्रमण फैलावटलाई रोक्न नसक्ने चेतावनी दिएका थिए । क्रिसमसको पूर्वसन्ध्यामा अमेरिकन एयरलाइन्सले चालक दलका सदस्यहरुमा गर्नु पर्ने कोरोना परीक्षणणबाट कर्मचारी अभावको स्थितिसँग पीडित हुनु परेको बताएका थिए । अष्ट्रेलियामा पनि शुक्रबार चाडपर्वको यात्रामा हजारौंको संख्यामा असर परेको छ भने सिड्नी र मेलबर्नबाट अन्य सहरका १०० भन्दा बढी आन्तरिक उडानहरू रद्द भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७