गुगललाई पछि पार्दै टिकटक बन्यो अनलाइनमा सबैभन्दा लोकप्रिय


१० पुष २०७८, शनिबार
tiktok smart khbar

काठमाडौं । गुगललाई पछि पार्दै टिकटक अनलाइनमा सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ । सूचना प्रविधि सुरक्षा कम्पनी क्लाउडफ्लेयरका अनुसार मानिसहरुले सर्च इन्जिनभन्दा धेरै टिकटक हेर्न थालेका हुन् ।

क्लाउडफ्लेयरका अनुसार यस वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा र गत अगष्टयता गुगललाई पछि पार्दै टिकटक पहिलो स्थानमा छ । गत वर्ष गुगल पहिलो स्थानमा थियो भने टिकटक, अमेजन, एप्पल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्स पनि शीर्ष १० मा अटाएका थिए ।

क्लाउडफ्लेयरका अनुसार क्लाउडफ्लेयर राडार प्रयोग गरेर विश्वव्यापी वेब सञ्जालको निगरानी गरिएको हो । कम्पनीका अनुसार टिकटक व्यापक मात्रामा हेरिनुको एउटा कारण कोभिड-१९ को महामारी पनि हो । गत जुलाईसम्ममा टिकटक ३ अर्बभन्दा धेरैपटक डाउनलोड भइसकेको छ ।

बाइटडान्सको मातहतमा रहेको सामाजिक सञ्जाल टिकटकका अहिले पनि मासिक एक अर्बभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन् । यो संख्या निरन्तर बढ्दो क्रममा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७