माओवादी सम्मेलनको तीब्र, आज एकै दिन पाँच कार्यक्रम


१० पुष २०७८, शनिबार
perish dada party

काठमाडौं । नेकपा माओवादी केन्द्रले भोलि पुस ११ गते शुरु हुने राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाएको छ । शुक्रबार एकै दिन स्थायी कमिटीका दुई बैठक गरेको माओवादीले आज पनि एकै दिन पाँच कार्यक्रम गर्दैछ ।

माओवादी केन्द्रको आजको कार्यसूचीअनुसार अहिले बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथ ग्रहण कार्यक्रम राखेको छ भने यसपछि त्यहीं दिउँसो १ बजे स्थायी समिति बैठक राख्नेछ ।

दिउँसो ३ बजे पार्टीनिकट प्रेस सेन्टरको संयोजनमा पत्रकार सम्मेलन आयोगना गरिँदैछ भने ३ बजे नै सोनाम स्मृति कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ । यसपछि अपराह्न ४ बजे पुनः स्थायी समितिको बैठक राख्ने कार्यतालिका रहेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७