सामान्य विवादमा खुकुरी प्रहार


१० पुष २०७८, शनिबार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

काठमाडौं । सामान्य विषयमा विवाद हुँदा काठमाडौंको तारकेश्वर स्थित शेषमती नजिकै खुकुरी प्रहार गरिएको छ । रामेछापको रामेछाप मन्थली लिखुँ गाउँपालिका घर भइ हाल जरङ्खु बस्दै आएका २९ वर्षीय शनि तामाङले दोलखा चरीकोटका सुवास तामाङलाई खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट सुवासको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको छ । उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । शनिले सुवासलाई खुकुरी लिएर लखेट्दै गएका थिए । सोही समयमा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायव निरिक्षक पदम अवस्थीलाई समेत खुकुरी प्रहार गरेका थिए । प्रहरी नायव निरिक्षक अवस्थीलाई भने उपचारको लागि प्रहरी अस्पताल लगिएको छ । खुकुरी प्रहार गर्ने शनिलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७