राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, राप्रपा र लोसपा आज निर्वाचन आयोग जाँदै


१० पुष २०७८, शनिबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ ।

निर्वाचनमा स्थानीय तहका १,४९३ जना र प्रदेश सभामा ५३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ ।

कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ताको लागि आउने आयोगमा जानकारी गराएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७