रामचन्द्र पौडेलसहित चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरिंदै


१० पुष २०७८, शनिबार
Ramchandra Poudel

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज (शनिबार) बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव पेस गर्ने बताइएको छ । पौडेलसहित कृष्णप्रसाद सिटौला, प्रकाशमान श्रेष्ठ र विमलेन्द्र निधिलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिने भएको छ ।

पौडेल हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनको निर्वाचित प्रक्रियामा नै भाग लिएका थिएनन् भने सिटौला उम्मेदवार बनेनन् । श्रेष्ठ र निधि भने सभापतिको पदको उम्मेदवार रहेका थिए । तर उनीहरु पहिलो चरणको निर्वाचनमा पराजित हुन पुगेका थिए । दोस्रो चरणमा दुबैले सभापति देउवालाई समर्थन जनाएका थिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७