भरुवा बन्दुकसहित दुई जना पक्राउ


१० पुष २०७८, शनिबार
bharuwa banduk
सांकेतिक तस्विर

पोखरा । पोखरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माच्छापुछ्रे गाउँपालिका-५का ३४ वर्षीय गणेश गुरुङसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८२०० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७