मलाई भोट नदिनेहरुको भावनालाई समेत समेटेर अगाडि बढ्छु : देउवा


१० पुष २०७८, शनिबार
deuwa 1

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू सबै कांग्रेसीको सभापति बनेर कांग्रेसलाई अगाडि बढाउने बताएका छन् ।
आज (शनिबार) कांग्रेसका नव निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सबैलाई समान व्यवहार गरेर आफूलाई सिंगो कांग्रेसको सभापतिका रुपमा उभ्याउने बताएका हुन् ।

सभापति देउवाले आफूलाई सबैको मतको कदर पनि बताए । यसैगरी उनले आगामी निर्वाचनबाट कांग्रेसलाई सबै भन्दा ठूलो पार्टी बनाउनुपर्ने चुनौती आफू सामु रहेको बताउदै सभापति देउवाले भने ‘यो चुनौतीको समाधान कांग्रेसभित्रको एकताले मात्रै सम्भव हुन्छ ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचित समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका थिए । महाधिवेशनबाट १३ पदाधिकारीसहित एक सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७