माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन : प्रतिनिधि आफैले गाँस-बासको व्यवस्था गर्नुपर्ने


१० पुष २०७८, शनिबार
mao 1

काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलि (पुस ११ गते) काठमाडौंमा शुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरू आफैले गाँस र बासको व्यवस्था गर्नुपर्ने भएको छ ।

पार्टीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिका लागि दिउँसो खाजाको मात्र व्यवस्था गर्ने निणर्य भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले जानकारी दिए । ‘राष्ट्रिय सम्मेलनमा सहभागीहरू काठमाडौंमा आफन्तकहाँ बस्नेछन्, त्यहींबाट खाना खाएर आई सम्मेलनमा सहभागी हुनेछन्’, उनले भने, ‘दिउँसोको खाजाको व्यवस्था मात्र पार्टीले गर्नेछ ।’

राष्ट्रिय सम्मेलनलगायत पार्टीका कार्यक्रम मितव्ययी रूपमा सम्पन्न गर्ने पार्टीको नीतिअनुरूप राष्ट्रिय सम्मेलनका प्रतिनिधिले खाजाबाहेक गाँसबासको व्यवस्था आफैं गर्नुपर्ने उनले बताए ।

भोलि आइतबार उद्घाटन हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन १३ गतेसम्म चल्ने बताइएको छ । तर नेतृत्वका लागि निर्वाचन गर्नुपर्ने अवस्था आए एक दिन लम्बिनेछ । महाधिवेशनमा नियमित प्रक्रियाबाट १,४८३ प्रतिनिधि र केन्द्रीय समितिबाट यसको १० प्रतिशत मनोनीत १४८ जना गरी माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा कूल १,६३१ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७