बजाजद्वारा नयाँ वर्ष २०७५ को योजना ‘बजाज युगारम्भ’ घोषणा


२ चैत्र २०७४, शुक्रबार
Mnemonic

 

काठमाडौं: नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्दएण्ड प्रालिले नयाँ वर्ष २०७५ को योजना(‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ ।Mnemonic

‘नायाँ नेपालको नायाँ शुभारम्भ’ नारासहित नयाँ योजना शुरु गरेको हो । नेपालले अब विकासको बाटो समाउने तर्खर गरिरहेकाले अब आउँदै गरेको नयाँ बर्ष नेपाली नागरिकको लागि निकै महत्वपूर्ण हुने हुँदा कम्पनीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेको हो ।

यस योजनाले विकासको युग आरम्भ भएको संदेश युवाहरुमा प्रबाह गर्ने छ । यसले देशको विकासप्रति युवाहरुलाई जागरित गराउने र अग्रसर हुन प्रेरित गर्ने छ ।

‘बजाज युगारम्भ’ नयाँ कामको सुरुवात गर्दै नयाँ नेपाल निर्माणमा सहयोगी बन्न सक्ने छ । यो अभियानका विशेषताहरुमा ‘रु.७५०० स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल रु.७५०० नगद छुट पाउनेछन् । साथै हरेक खरिद कर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यसाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने छन् ।

यो योजना शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘नयाँ बर्षको अबसरसँगै देश निर्माण र विकासले गतिलिने हामीले विश्वास लिएका छौं । त्यसैले सबै युवाको मन र मस्तिष्कमा नयाँ युगको आरम्भ भएको संदेश पुर्याउन हामीले ‘बजाज युगारम्भ’ योजना सार्वजनिक गरेका हौं । नयाँ वर्षको उपहार योजनामा नयाँ युगलाई स्वागत गर्ने उद्देश्य र नयाँ नेपाल बनाउन युवाहरुको योगदानको उतिकै महत्व छ भन्ने सन्देश दिन हामीले यो योजना सार्वजनिक गरेका हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७