यती एअरलाइन्सले सुरु गर्यो आन्तरिक वायुसेवामा ‘इलेक्ट्रोनिक ब्यागेज ट्याग’


१० पुष २०७८, शनिबार
Yeti Air

काठमाडौं : यती एअरलाइन्सले आन्तरिक वायुसेवामा इलेक्ट्रोनिक ब्यागेज ट्याग प्रयोगमा ल्याएको छ । अबदेखि यती एअरलाइन्समार्फत काठमाडौंबाट यात्रा गर्ने यात्रुहरुको लगेज तथा सर–सामानमा इलेक्ट्रोनिक ट्याग रहनेछ ।

अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाहरुले यसको प्रयोग पहिलेदेखि नै गर्दै आए पनि आन्तरिक वायुसेवामा यतीले पहिलोपटक यसको प्रयोग गरेको कम्पनीको दाबी छ। पहिलो लकडाउनपछि इलेक्ट्रोनिक बोर्डिङ पासको सुरुआत गरेको यतीले हाल ब्यागेज ट्यागलाई पनि अटोमेटिक सिस्टममा लगेको बताएको छ ।

सुरक्षात्मक प्रणालिलाई आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै चुस्त र स्तरयुक्त बनाउने अभियान अनुरुप यसको सुरुवात गरेको एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

प्रवक्ता बर्तोलाले भने, ‘यती एअरलाइन्स यात्रुहरुको तथा यात्रुको सर–सामानको सुरक्षामा सधैँ संबेदनशील छ, हाम्रो सुरक्षात्मक प्रणालिलाई आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै चुस्त र स्तरयुक्त बनाउने अभियान अनुरुप यसको सुरुआत भएको हो। यसको प्रयोगले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा संचालनमा मद्धत छ ।’

उनका अनुसार पहिलो चरणमा परीक्षणका लागि काठमाडौँबाट जाने लगेज तथा सर–सामानमा यसको प्रयोग गरिनेछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७