ओलीले देशलाई भद्रगोल बनाए : माधव नेपाल


१० पुष २०७८, शनिबार
madhav kumar

दाङ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यहींको उत्पादनबाट देश आत्मनिर्भर हुन सक्ने बताएका छन् । दाङको भालुवाङमा लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले यसो भनेका हुन् ।

‘देशलाई हामीले अब विकासको बाटोमा लानुपर्छ । त्यसकै लागि पाँच दलीय गठबन्धन बनेको हो’, उनले भने, ‘हामीले कृषिलाई अघि बढाए स्वीजरल्याण्डबाट दूध ल्याउनु पर्दैन । पानी बेचेर डलर कमाउन सक्छौँ’, उनले भने, ‘अर्थतन्त्रलाई हामीले सही दिशामा लानुपर्छ । हामीलाई पैसाको अभाव हुँदैन । देश बनाउने सपना हामीले बोक्नु पर्छ । मिहिनेतका साथ काम गर्नुस्, देश बनाउन सकिन्छ ।’

उनले देशलाई केपी ओलीले भद्रगोल बनाएको पनि बताए । ‘केपी ओलीले देशमा भद्रगोल बनाए । ठूला ठूला भ्रष्टाचार काण्ड मच्चाए’, उनले थपे, ‘ओलीले भ्रष्टाचार बढाएर अर्थतन्त्र बिगारे । अब हामीले अर्थतन्त्रलाई ट्र्याकमा ल्याउँछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७