एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनु पर्छ : ओली


१० पुष २०७८, शनिबार
Kp Oli 1230

मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने बताए । उनले आगामी निर्वाचनबाट सबै कुरा स्पष्ट हुने जिकिर गरे । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७