१६७ मा कोरोना संक्रमण, २२६ जना निको

एकै दिन दुई लाख ५५ हजार जनाले लगाए कोरोनाविरुद्धको खोप


१० पुष २०७८, शनिबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९७८ जना सक्रिय संक्रमित छन् । कोभिड-१९ को संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन् ।

एकै दिन दुई लाख ५५ हजार जनाले लगाए कोरोनाविरुद्धको खोप
नेपालमा एकै दिन दुई लाख ५५ हजार नागरिकले कोरोनाविरुद्ध खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ४५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका हुन् ।

हालसम्म २ करोड ३० लाख ९५ हजार ६४७ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । जसमध्ये ९९ लाख ८५ हजार ५६८ जनाले पूणर् मात्रा र एक करोड ३१ लाख १० हजार ७९ जनाले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७