नेतृत्व छाड्न तयार छु, तर अहिले छाड्दा राम्रो हुँदैन : प्रचण्ड


१० पुष २०७८, शनिबार
prachanda 1 1

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश, जनता, आन्दोलनका लागि अझै आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । आज (शनिबार) सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व छोड्न तयार भए पनि अहिलै छाड्दा राम्रो नहुने निष्कर्षमा आफूहरु पुगेको जानकारी दिए ।

माओवादीको एउटौ कमिटीमा म, पोष्टबहादुरजी, यहाँ भएका साथीहरु एउटै कमिटीमा थियौं, प्रचण्डले भने, ‘समयानुसार अहिले पनि क्रान्ति, आन्दोलन जोगाउन एउटा दरिलो नेतृत्व चाहिन्छ भनेरै यही लिडरसिपमा जाने निष्कर्षमा पुग्यौ, अझै ४/५ वर्ष नेतृत्व रहन्छ ।’

उनले माओवादी आन्दोलन सकाउन जति लागे पनि कसैले नसक्ने दावी गरेका छन् । ‘माओवादी आन्दोलन हो, माओवादीको मुख्य योगदानकै कारण गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था कायम गरेको हो । यसलाई कसैले चाहेर रोक्न सक्दैन यो शताब्दीसम्म रहन्छ । मन नपरे पनि रहन्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७