अत्तर व्यापारीको घरबाट एक अर्ब ७७ करोड बरामद, गन्न १३ मेसिनलाई ३६ घण्टा लाग्यो

छापा मार्न पुगेका अधिकारीले भने, ‘जीन्दगीमा यतिधेरै पैसा देखेका थिएनौं’


१० पुष २०७८, शनिबार
money LF7RG3poRP

नयाँदिल्ली । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरका एक व्यापारीको घरबाट एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद भएको छ । पर्फ्युमसहितका अत्तर ब्यापारी पीयुष जैनको घरबाट सरकारी अधिकारीहरुले एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरेका हुन् ।

सेन्ट्रल ब्यूरो अफ इन्डाइरेक्ट ट्याक्सेस एन्ड कस्टम (सीबीआईसी) र आयकर विभाग (आईटी) का अधिकारी समेत एकै घरमा यति धेरै रकम देखेपछि छक्क परेका छन् । बरामद रकम गन्न १३ वटा मेसिनलाई लगातार ३६ घण्टासम्म लागेको थियो । एक वरिष्ठ अधिकारीले आफ्नो जागिर अवधिमा यति धेरै पैसा कहिले नदेखेको बताएका छन् ।

kanpur money s5mZqwc0GL

अर्कातिर कानपुरसँगै जोडिएको कन्नौजमा अत्तर कारोबारसँग जोडिएका रानु मिश्रा र विनीत मिश्राको घरमा पनि छापा हानिएको छ । शुक्रवार मध्यरातिसम्म जैनको घरमा नोट गन्ने काम चलेको थियो । बरामद रकमलाई ४२ ठूला बाकसमा हालेर कन्टेनरबाट पुलिस सुरक्षामा पठाइएको छ ।

पीयुष जैन मूलरूपमा कन्नौजबासी हुन् । कानपुरस्थित उनको घरमा छापा मारेपछि उनका छोरा प्रत्यूषलाई लिएर सरकारी अधिकारी शुक्रवार साँझ कन्नौजस्थित घर पुगे । त्यहाँ पनि दुई कोठाबाट चार करोड बरामद गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७