पुस १३ मा विभिन्न वामपन्थी दलसँग एकता गर्दैछौं : माधव नेपाल


१० पुष २०७८, शनिबार
madhav kumar

दाङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको खुलाएका छन् । दाङको भालुवाङमा आज (शनिबार) भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले साना वामपन्थी दलहरुसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए ।

अहिले तत्काल ठूला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए । ‘तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन’, उनले भने ‘तर, साना केही दलहरुसँग केही दिनमा एकता भएको सुन्न ुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसंग एकताको घोषणा गर्दैछौं ।’

एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै नेपालले आन्दोलन सफल पार्न साना कम्युनिष्ट घटकहरुसँग एकता गर्न लागेको बताए । ‘स-सना कम्युनिष्ट पार्टीहरु हामीसंग एकीकृत हुन चाहिरहेका छन्’, उनले भने ‘हामीले पनि देशका विभिन्न ठाउमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छौँ ।’

नेपालले पाँच दलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहेको पनि बताए । ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं’, उनले भने ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि संगै जानेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७