राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा माओवादीको नयाँ निर्णय : सम्मेलन अधिवेशनमा रूपान्तरण


१० पुष २०७८, शनिबार
Prachanda 3

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ। राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा माओवादीको नयाँ निर्णय गर्दै माओवादीले राष्ट्रिय सम्मेलनलाई अधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिबार साँझ बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन हुनु एक दिनअघि महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो।

यही पुस ११ गतेदेखि १३ गतेसम्म हुन लागेको राष्ट्रिय सम्मेलनलाई माओवादीले महाधिवेशनमा परिणत गरेको हो ।

स्थायी कमिटी बैठकमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकपछि पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताए।

स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न आइतबार बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । महाधिवेशनको उद्घाटन भोलि दिउँसो ३ बजे गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७