महासचिवको प्रबल दाबेदार वर्षमान पुन महाधिवेशनमा सहभागी हुन नसक्ने


१० पुष २०७८, शनिबार
barsaman pun ananta

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आइतबार शुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नसक्ने भएका छन् ।

थाइल्याण्डमा उपचार सम्भव नभएपछि एयर एम्बुलेन्सबाट चीन गएका पुनको उपचार अझै जारी रहेका कारण राष्ट्रिय सम्मेलनमा आउन नसक्ने भएका हुन् ।

स्वास्थ्यमा सुधार आएकाले उनले सम्मेलनका लागि नेपाल आउन चाहेका थिए । तर उनको कलेजोमा जण्डिसको मात्रा कायमै रहेको र चिकित्सकले थप उपचार थालेकाले नेपाल यात्रा रोकिएको हो ।

उपचारका क्रममा भएको परीक्षणहरुको रिपोर्ट हेर्दा तत्काल नआउने निर्णयमा पुगेको पारिवारिक स्रोतले बताएको छ ।

अध्यक्षमा प्रचण्ड नै दोहोरिने भएपछि अर्को शक्तिशाली कार्यकारी पद महासचिवको मुख्य दाबेदार पुनलाई मानिएको छ । स्थायी समिति सदस्य पुन माओवादी केन्द्रीय सचिवालयको इञ्चार्जको जिम्मेवारीमा छन् ।

१० वर्षे माओवादी जनयुद्धमा पुन सैन्य–राजनीतिक मोर्चाका प्रमुख नेता मध्येका एक थिए । शान्ति प्रक्रियामा आएपछि माओवादीले पुनलाई अध्यक्ष प्रचण्ड ‘सुप्रिम कमान्डर’ रहेको जनमुक्ति सेनाको ‘डेपुटी कमान्डर’ बनाएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७