१९ वर्षमुनिको एसिया कप क्रिकेट : नेपालले आज श्रीलङ्कासँग खेल्दै


११ पुष २०७८, आईतवार
cricket ballhitting wickets.jpg

काठमाडौं । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । यूएईको सारजाहमा आफ्नो दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको हो । खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग १ सय ५४ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अङ्कविहीन नेपाल समूह ‘बी’ को पुछारमा छ । पहिलो खेलमा कुवेतलाई हराएको श्रीलङ्काको दुई अङ्क छ । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि कुवेतसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७