कमजोर धरातलमा ‘क्रान्तिकारी’ बन्ने चुनौती


११ पुष २०७८, आईतवार
mao 2

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनचैती दिन सक्ने नेता अब पार्टीमा छैनन् । तत्कालीन उपाध्यक्ष मोहन वैद्य र बाबुराम भट्टराईले कुनै बेला दाहालालई सिधा चुनौती दिन्थे । रामबहादुर थापा, नेत्रविक्रम चन्द, टोपबहादुर रायमाझी, लेखराज भट्ट, लोकेन्द्र विष्ट, गोपाल किराँतीलगायत युद्ध लडेका नेता पनि बाहिर छन् ।

पार्टीबाट ती नेता पनि बाहिएपछि दाहाललाई सजिलो भएको छ तर चुनौतीआएपछि दाहाललाई सजिलो भएको छ तर चुनौतीको सामना गर्दै थप उचाइ चुम्ने मौका चाहिँ छैन । राजनीतिक,बैचारिक र सांगठनिक रुपमा फरक म राख्ने नेताहरु नहुँदा माओवादी ‘भुत्ते’ भइसकेको विश्लेषकको भनाइ छ । के अब नयाँ माओवादी पार्टी निर्माण होला रु दाहालले पार्टी निर्माणका लागि निर्मम कदम चाल्ने बताएका छन् ।

पार्टीको आइतबारदेखि सुरु हुने महाधिवेशनबाट दाहाल पुनः अध्यक्ष हुने निश्चित जस्तै छ । उनी तीन दशकभन्दा बढी पार्टीको नेतृत्वमा रहिसकेका छन् । उनले आफू नेतृँव छोड्न तयार भए पनि केही वर्ष सक्रिय हुनुपर्ने स्थिति आएको बताए ।

‘मलाई अहिले पनि व्यक्तिगत रुपले मेरो उमेर, अवस्था, परिवारको स्थिति हेर्दा अर्को खालको भूमिका खलेर संस्मरण लेखेर बस्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ दाहालले भने, तर देशको आवश्यकता, लोकतन्त्रको अवस्था हेर्दा र पार्टीमा उत्तराधिकारीहरु तयार पार्ने आवश्यकता हेर्दा अझ केही वर्ष नेतृत्व गर्नुपर्ने बाध्यता देख्छु ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७