राप्ती राजमार्ग आजदेखि दैनिक आठ घण्टा बन्द हुने


११ पुष २०७८, आईतवार
97a9a053f354ce5f544f46e690a5f8f8

सल्यान । आजदेखि राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ-सल्यान खण्डको कपुरकोटदेखि चोर खोलासम्म सडक स्तरोन्नती गर्न आजदेखि पुस २५ गतेसम्म दैनिक आठ घण्टा सडक बन्द गर्न लागिएको हो ।

आइतबारदेखि तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द गरेर काम गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । आजदेखि हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।

सडक बन्द हुँदा अवधिमा अत्यावश्यक सवारी साधनलाई वैकल्पिक रुट प्रयोग गर्न पनि स्थानीय प्रशासनले आग्रह गरेको छ । बैकल्पि रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७