चीनमा बालबालिकालाई पनि ऋण !


११ पुष २०७८, आईतवार
china is giving loans to children1640481562

काठमाडौं । उत्तर-पूर्व चीनको जिलिनमा सरकारले विवाहित जोडीलाई बच्चा जन्माएमा २ लाख युआनसम्म ऋण दिने बताएको छ । घट्दो जनसंख्याको समाधान गर्न अन्य जिल्लाहरु जस्तैगरी त्यहाँको सरकारले पनि आफ्नै तरिका अपनाएको बताइएको छ ।

त्यस्तै सानो व्यवसाय गर्ने जोडीहरुले दुईदेखि तीनवटा छोराछोरी पाएमा उनीहरुलाई कर तिर्नमा समेत छुट दिने जिलिन सरकारले बताएको छ । जिलिनसहित चीनका तीन जिल्लाहरुमा जनसंख्यासम्बन्धी सबैभन्दा ठूलो समस्या रहेको छ । २०२० मा त्यस क्षेत्रमा २०१० को तुलनामा जनसंख्या १०.३ प्रतिशतले घटेको हो । यसमा पनि जिलिनको जनसंख्या २०१० भन्दा १२.७ प्रतिशतले कम भएको पाइएको छ ।

जनगणनाको डाटा प्राप्त भएपछि यसले चीनलाई धनी हुनु अगाडि नै बूढो बनाइदिने गम्भीर चिन्ता उत्पन्न भएको थियो । यसकारण पनि सरकारले जनसङ्ख्या वृद्धिका लागि विशेष नीतिहरु सुरु गरिरहेको छ । जस्तै जिलिनमा सुत्केरी बिदालाई समेत बढाएर ९८ दिनबाट १८० दिन पुर्‍याइएको छ भने बुवा बनेकाहरुलाई समेत पत्नी र बच्चाको ख्याल राख्न २५ दिनको बिदा थपिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७