‘ए’ डिभिजन लिग : संकटा र ब्रिगेड ब्वाइज तथा थ्री स्टार र आर्मी खेल्दै


११ पुष २०७८, आईतवार

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने छन् ।

खेल दिउँसो एक बजे शुरु हुनेछ । संकटा ५ खेलमा ९ अङ्क जोडेर चौथो स्थानमा छ । ब्रिगेड ५ खेलमा ५ अङ्क जोडेर १० औं स्थानमा छ । त्यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । आर्मी ५ खेलमा ९ अङ्क जोडेर तेस्रो स्थानमा छ । थ्री स्टार ५ खेलमा ६ अङ्क जोडेर आठौ स्थानमा छ । लिगमा १४ टोली सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७