आँचल शर्माले खेलिन् साउथ इण्डियन चलचित्र, मुख्य भूमिका


११ पुष २०७८, आईतवार
Aanchal

काठमाडौं । नेपाली अभिनेत्री आँचल शर्माले साउथ इण्डियन चलचित्र खेलेकी छिन् । नेपालमा १५ दिन छायांकन गरिएको तेलुगु फिल्म ‘हिटम्यान’ मा अभिनेत्री आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । उनको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी छन् । अधिकारी फिल्मका निर्देशक समेत हुन् ।

उक्त फिल्म काठमाडौं र पोखरामा छायांकन गरिएको हो । फिल्ममा अभिनेत्री आँचलले नेपालीमै संवाद गरेको बताइएको छ । नेपाल र भारतमा सुटिङ गरिएको ‘हिटम्यान’ मा आँचल भने नेपालका दृष्यमा देखिने छिन् । दीपक अधिकारीले निर्माण गरेका ‘हिटम्यान’ वाईएस शेखरले छायांकन गरेका हुन् । यो चलचित्र आउने मार्चमा रिलिज गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७