समाजवादी क्रान्तिको नेतृत्व गर्न आज माओ जयन्तीकै अवसरमा आठौं महाधिवेशन : प्रचण्ड

नयाँ क्रान्तिकारी विचारको विकासमा केन्द्रित हुन अपिल


११ पुष २०७८, आईतवार
Prachanda 2

काठमाडौं । समाजवादी क्रान्तिको नेतृत्व गर्न माओ जयन्तीकै अवसर पारेर आज (आइतबार) नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सुरु गर्न लागिएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।

माओवादी केन्द्रले आज दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आफ्नो महाधिवेशन उद्घाटन गर्दैछ । अध्यक्ष प्रचण्डले मालेमावादी विश्व दृष्टिकोणको आलोकमा नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुन अपिल गरेका छन् । विश्व सर्वहारा एवं श्रमजीवी वर्गका नेता माओत्सेतुङको १२९ औं जन्म जयन्तीको अवसरमा सन्देश जारी गर्दै प्रचण्डले विश्वभरिका श्रमजीवी वर्गमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।

उनले सन्देशमा भनेका छन्, ‘२६ डिसेम्बर १८९३ मा जन्मिनुभएका चिनियाँ क्रान्तिका नायक एवं विश्व सर्वहारा वर्गका नेता माओ मार्क्सवाद-लेनिनवादका सच्चा अनुयायी एवं नयाँ विचार र कार्यदिशाको विकास गर्ने एक सच्चा मालेमावादी नेता हुनुहुन्थ्यो । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएका मुलुकहरूमा क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ । समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गर्नुभएको योगदान मार्क्सवाद-लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको छ ।’

मालेमावादी विश्व दृष्टिकोणको आलोकमा पार्टीद्वारा सञ्चालित जनयुद्ध एवं जनयुद्धको जगमा स्थापित ऐतिहासिक जनआन्दोलनहरूको बलमा नेपालको पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशिष्टता र मौलिकतासहित मूलभूत रूपमा पूरा भएको प्रचण्डको भनाइ छ ।

270042033 449239529899782 6158520957732327486 n rDasUOIJJK

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७