महाधिवेशनअघि पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरु


११ पुष २०७८, आईतवार
Perishdanda 2

काठमाडौं । आजदेखि शुरु हुने पार्टीको आठौं महाधिवेशनअघि नेकपा (माओवादी) केन्द्र को केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
पार्टी हेडक्वार्टर पेरिसडाँडामा जारी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी समितिको बैठकको निणर्यलाई अनुमोदन गर्नेछ ।

जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो ३ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् । प्रज्ञा भवन परिसरमामा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७