बेलायतमा एकै दिन एक लाख २२ हजार बढीमा कोरोना संक्रमण


११ पुष २०७८, आईतवार
uk 11639997630

बेलायत । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका बताइएको छ ।

यसअघि त्यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार संक्रमित भेटिएका थिए । त्यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी सङ्क्रमित संख्या हो ।

बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । त्यहाँका अधिकारीहरूले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन् । त्यसैगरी त्यहाँ हरेक दिन कोभिडको घातक मानिएको ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ ।

पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि त्यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन सुरु गरिएको छ ।
त्यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७