सिरहामा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप


११ पुष २०७८, आईतवार
jhadap

सिरहा । सिरहाको मिर्चैया र गोलबजारमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । कार्यकर्ता पक्राउको विरोधमा गरिएको आमहड्ताल उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले सवारी साधन तोडफोड गर्न थालेपछि प्रहरीसँग झडप भएको हो ।

प्रहरीले राजमार्ग खुलाउन खोजेपछि बन्दकर्ता झडप भएको थियो । बन्दकर्ताहरुले लाठी बोकेर जुलुस प्रदर्शन गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले मिर्चैयामा आठ सेल आश्रुग्यास प्रहार गरेको थियो । बन्दकर्ताहरूले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा उनीहरुले आइतबार पाँच वटा सवारी साधन तोडफोड गरेको प्रहरीले जनाएको छ ।

औरही गाउँपालिकाले दिएको उजुरीको आधारमा प्रहरीले किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले आइतबार सिरहा जिल्लामा आमहड्ताल गरेको छ । गाउँपालिकाले किसानलाई नै वितरण गर्न गहुँ बीउ गोदाममा राखेको थियो । तर, गाउँपालिकाले समयमा बीउ वितरण नगरेपछि किसानहरुले गोदामबाटै पुस ६ गते बीउ लुटेर लगेका थिए ।

गोदामबाटै बीउ लुटिएपछि गाउँपालिकाले औरही गाउँपालिका-३ का मिथिलेश यादव, तेज नारायण यादव, रामनाथ यादव र वडा नम्बर ५का सुप्रविण यादवमाथि सरकारी सम्पत्ति हिनामिना, लुटपाट सम्बन्धी अभद्र अवज्ञा मुद्दा जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता गराएको थियो । तीमध्ये प्रहरीले मिथिलेश यादवलाई पक्राउ गरेको थियो ।

प्रहरीमा चार जनामाथि राजनीतिक प्रतिशोध साँध्न मुद्दा दर्ता गराएर फसाउन खोजेको र एक किसानलाई पक्राउ गरेको भन्दै जनमत पार्टीले सिरहा जिल्ला बन्दको घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७