दुर्घटनामा गम्भीर घाइते नर्स निशा सुब्बाको निधन


११ पुष २०७८, आईतवार
nurse death1640507206

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो ।

सुब्बाको पुस ३ गते स्कुटर दुर्घटना भएको थियो । अस्पतालमा ड्यूटी सकेर घर फर्कने क्रममा ललितपुरको इमाडोलमा उनी दुर्घटनामा परेकी थिइन् । लगत्तै उनलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो ।

अस्पतालको आइसीयूमा उपचाररत उनको शनिबार बिहान निधन भएको उनको फुपु विमान लिम्बुले जानकारी दिइन् । झापा भद्रपुर घर भएकी सुब्बा प्रसूति गृहको पोष्टअप वार्डमा कार्यरत थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७