प्रधानन्यायाधीश जबराविरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा उजुरी


११ पुष २०७८, आईतवार
cholendra jabara against case 0OkMN2pw03

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु आइतबार जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी दिएका हुन् ।

जबराले परिवारका अन्य सदस्यका नाममा लगानी गरेको र अवैध सम्पत्ति लुकाएको आरोप अभियन्ताहरुको छ । जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा (क्षेत्री) मार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका-३० ठमेलस्थित कित्ता नम्बर १०९ र कि.नं. ११० को बहुमूल्य जग्गा (हाल करिब ४० करोड भनिएको) मा लगानी गरेको उजुरीमा भनिएको छ ।

जबराविरुद्ध अनुसन्धान अघि बढाउने पहलका लागि नेपाल बार एशोसिएसनले ढिलाइ गरेपछि आफूहरु आउनु परेको उनीहरुले बताएका छन् । ‘नेपाल बारले ढिलो गरेकाले डा. केसीको अगुवाइमा हामी विभागमा आउनु परेको हो’, अधिवक्ता अर्यालले भने, ‘विभागले हाम्रो मागमाथि सुनुवाइ गर्दै जबराको सम्पत्ति खोज्ने विश्वास हामीले लिएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७