बसले चार पैदल यात्रीलाई ठक्कर दिंदा एकको मृत्यु, तीन जना घाइते


११ पुष २०७८, आईतवार
Kamala Rashmi 2

नवलपरासी । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठक्कर दिएको थियो । बसको ठक्करबाट रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् । दुर्घटनामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरमा आइतरबार बिहान टिपरसँग ठोक्किदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१ जोगिदहका २६ वर्षीय गंगाराम चौधरीको मृत्यु भएको छ ।

सुन्दरपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ३८९६ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा स १० प ८७९८ नम्बरको मोटरसाइकल आज बिहान ९ बजे सोही टिपरमा ठोकिएको थियो । दुर्घटनामा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना घाइते भएकी मोटरसाइकलमा पछाडि सवार २५ वर्षीया संगीता चौधरीलाई उपचारका लागि फत्तेपुर अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७