कक्षा १० का विद्यार्थीले बनाए विद्युतीय कार


११ पुष २०७८, आईतवार
1640508935 car 1200x560 wm

धनगढी । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सिस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् ।

झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् । कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घर परिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए ।

चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भने, ‘अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।’ गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सिस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७