प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : एपीएफले उचाल्यो उपाधि


११ पुष २०७८, आईतवार
269754089 298120132245225 6849546558682884256 n1640506401

काठमाडौं । ज्योति पाण्डेयको अविजित ३६ रनप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ) ले आइतबार प्रदेश-१ लाई सात विकेटले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । योसँगै एपीएफले गत संस्करणमा हारेको बदला लिन सफल भएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको प्रदेश-१ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो । ६८ रनको लक्ष्य एपीएफले १४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

गत संस्करणमा प्रदेश-१ ले एपीएफलाई नै ६ रनले हराउँदै उपाधि जितेको थियो । एपीएफ त्यस हारको बदला लिन सफल भएको छ । प्रदेश-१ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी बेगमले ११ रन बनाउनुबोहक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सीता रानामगरले तीन, रेखा रावलले दुई र करुणा भण्डारीले एक विकेट लिए ।

६८ रनको लक्ष्य पछ्याएको एपीएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन् । ममता चौधरी १७ रनमा अविजित रहिन् । सात रन जोड्दा दुई विकेट गुमाएपछि दबाबमा रहेको एपीएफको इनिङ्स ज्योति र ममताले उकासेका थिए । ज्योति र रोमा थापाले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । ज्योति र ममताले चौथो विकेटका लागि ३३ रनको अविजित साझेदारी गरे ।
प्रदेश-१ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् । एपीएफकी ज्योति ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७