प्रचण्डपथ छाडेकाले क्रान्ति रणभुल्लमा पर्‍यो : मातृका यादव


११ पुष २०७८, आईतवार
matrika yadhav

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी मातृकाप्रसाद यादवले पार्टीले प्रचण्डपथ छाडेकाले क्रान्ति रणभुल्लमा परेका बताएका छन् । पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा आइतबार बोल्दै क्रान्ति छोड्दा धेरैले पार्टीहरू छोडेर हिंडेको बताए । जसले गर्दा अहिले माओवादी आन्दोलनको हविगत वर्तमान अवस्थामा देखिएको बताए ।

‘प्रचण्डपथ छोड्दा शुरुमा मैले पार्टी छोडेपछि सीपीजीहरूले पार्टी छोड्नुभयो अनि हाम्रो हविगत अहिलेको जस्तो भयो’, उनले भने । क्रान्तिलाई बीच बाटोमा छोडेर विश्वमा कोही नेता कतै नजाने भन्दै उनले क्रान्ति छोड्नेहरू अवसवादी भएको बताए । उनले अध्यक्ष प्रचण्डलाई क्रान्ति छोड्ने कुरा नगर्न आग्रह गरे ।

‘क्रान्तिलाई छाड्ने अवसरवादी हुन् क्रान्ति छोड्न पाइँदैन’, उनले भने, ‘पत्रकारले सोध क्रान्ति छोड्ने कुरा नगर्नुहोला ।’ पार्टीमा पुस्तानान्तरण भनेको पुँजीवादी शैली भएको भन्दै उनले स्थापित नेताहरूलाई पाखा लगाएर केही नजान्नेलाई नेता बनाउने शैलीको पक्षमा आवाज उठेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७