न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना


१२ पुष २०७८, सोमबार
snow 3

काठमाडौं । पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको मौसमविदले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जानकारी दिएका छन् । यो प्रणालीका कारण देशका धेरै ठाउँमा भोलि र पर्सी पानी पार्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हिजैदेखि नेपालमा परेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली हुनेछ । आज तराईका जिल्लाका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूणर्तया बदली र तराईका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधवार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूणर्तया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सो प्रणाली बिहीबार देखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना रहेको छ । सो प्रणाली बिहीबार देखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

Capture etoaqPWE3q

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७