सात बुँदे माग राख्दै जनमत पार्टी आन्दोलनमा, आज सिरहामा चक्काजाम


१२ पुष २०७८, सोमबार

सिरहा । सीके राउत नेतृत्वको जनमत पार्टीको सिरहा जिल्ला समिति आन्दोलनमा उत्रिएको छ । गिरफ्तार गरिएका किसान रिहा गरिनुपर्नेलगायत किसानसम्बन्धी सात बुँदे माग राखेर जनमत पार्टीको सिरहा जिल्ला समितिले आज (सोमबार) विरोध कार्यक्रम थालेको हो ।

उसले जारी गरेको विज्ञप्तिमा किसानलाई लगाइएको ‘झुटा’ मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बीउ व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिन गरिनुपर्ने माग छन् ।
यसै क्रममा उसले आज सिरहामा चक्काजाम घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जनमत पार्टीको सिरहा जिल्ला समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७