सप्तरीमा फेरि एक महिलाको घाँटी रेटेर हत्या


१२ पुष २०७८, सोमबार
hatya2021 12 27 09 19 37

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सोमबार बिहान फेरि एक महिलाको घाँटी रेटेर हत्या भएको छ । वडा नम्वर-१ बरहीविरपुरका ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या हो । विहान घरबाट खरानी लिएर खेत पुगेकी यादवको खेतमै घाँटी रेटिएको अवस्थामा शव बरामद भएको स्थानीय शुभनारायण यादवले जानकारी दिए ।

यता सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले घटनास्थलतर्फ प्रहरी टोली खटाइएको बताए । ‘प्रारम्भिक अनुसन्धानले हत्या भएको नै बुझिन्छ, थप अनुसन्धान भइरहेको छ’, उनले भने ।

यसअघि गत मंसिर ८ गते सोही गाउँपालिका-६ खुदिबखारीमा ८१ वर्षीय वृद्धको पनि घाँटी रेटि हत्या भएको थियो । सो घटना रहस्यमै रहेको अवस्थामा अर्को पनि सोही प्रकृतिको घटना हुनुले स्थानीय त्रसित बनेका छन् । प्रहरी नायव उपरीक्षक काफ्लेले सो घटनाबारे पनि अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७