‘हर्के हवल्दार’ का कलाकार सागर गिरी मोटरसाइकल दुर्घटनामा घाइते


१२ पुष २०७८, सोमबार
sagar giri hUGsvQpsl1

काठमाडौं । हाँस्य सिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका छन् । आइतबार ‘हर्के हवल्दार’ सुटिङका लागि भक्तपुरबाट काठमाडौं धर्मस्थली आउँदै गर्दा उनी मोटरसाइकल दुर्घटनामा परेको हास्य कलाकार महादेव त्रिपाठीले जानकारी दिए ।

दुर्घटना लगतै गिरीलाई ठिमीको कोरियन अस्पतालमा भर्ना गरिएको छ । त्रिपाठीका अनुसार गिरीको दाईने खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । खुट्टामा स्टिल राख्नुपर्ने भएकाले सोमबार अपरेसन हुने भएको छ ।

सिरियलमा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा समेत अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७