अस्पताल बनाउन ६० लाख रुपैयाँ सहयोग


१२ पुष २०७८, सोमबार
money
फाइल फोटो

सोलुखुम्बु । मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौंले सोलुखुम्बुस्थित दूधकोसी सामुदायिक अस्पतालको भवन बनाउन करिब ६० लाख रुपैयाँ सहयोग गरेको छ ।

सोलुको थुलुङ दूधकोसी गाउँपालिका- ६ मैदेल स्थायी ठेगाना भई लाउरेटोलनिवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम संकलन गरेका हुन्। अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङका अनुसार समाजले समितिलाई आइतबार १४ लाख ८३ हजार ६ सय ४१ रुपैयाँ हस्तान्तरण गरेको थियो ।

सो अवसरमा समाजका एक सय तीन जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । थुलुङ दूधकोसी गाउँपालिका अध्यक्षसमेत रहेका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिए ।

स्थानीयवासीलाई सामान्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता रहिआएको छ । अस्पताल निर्माण सम्पन्न गर्न करिब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७