प्रधानमन्त्रीले एमसीसी ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति : भीम रावल


१२ पुष २०७८, सोमबार
Bhim Rawal 1

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता भीम रावलले एमसीसी राष्ट्रघाती छैन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपति जनाएका छन् । नेता रावलले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले एमसीसीबाट आउने रकमलाई ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्त भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको स्पष्ट पारेका थिए । उनले भ्रम हटाउन एकचोटी एमसीसी पढ्न सबैलाई आग्रह गरेका थिए । रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको दावी गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्,’ मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति ! यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७