प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु, बजार बन्द गरेर प्रदर्शन


१२ पुष २०७८, सोमबार
sarlahi police van

सर्लाही । इलाका प्रहरी कार्यालय ईश्वरपुर, सर्लाहीको भ्यानले ठक्कर दिँदा एक व्यवसायीको मृत्यु भएपछि बयलवास बजार बन्द गरिएको छ । ईश्वरपुर नगरपालिका-७ मा प्रहरीको भ्यानले ठक्कर दिँदा एक व्यवसायीको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका-५ घर भएका रामकुमार महतोलाई प्रहरीको भ्यानले ठक्कर दिँदा मृत्यु भएको स्थानीयको आरोप छ । ईश्वरपुर नगरपालिकाको कार्यालय भन्दा दक्षिण पट्टी ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ईश्वरपुर नगरपालिका-६ मा फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगरतर्फ जाँदै गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको छ । आइतबार राति करिब ९ बजेतिर मामा घर जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । ओभरटेक गर्ने क्रममा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ । स्थानीयले भने प्रहरीले आफूहरूलाई दुर्घटनाको बारेमा जानकारी नगराएको र एकैचोटि मृत्यु भइसके पछि मात्र जानकारी गराएको आरोप लगाएका छन् ।

घटना रातिको भए पनि बिहान मात्र घर परिवारलाई जानकारी गराएर प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै उद्योग वाणिज्य सङ्घ, ईश्वरपुरको आयोजनामा बजार बन्द गर्दै इलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७