सोमालियाका प्रधानमन्त्री निलम्बित


१२ पुष २०७८, सोमबार
Somalia 20211227081549

मोगादिशु । सोमालियाका राष्ट्रपति मोहमेद अब्दुलाहीले प्रधानमन्त्रीलाई निलम्बन गरेका छन् । सरकारभित्र चुनावी विवाद चुलिरहँदा राष्ट्रपति मोहमेदले प्रधानमन्त्री मोहमेद हुसेन रोब्लेलाई निलम्बन गरेका हुन् ।

भ्रष्टाचारसँग नाम मुछिएका प्रधानमन्त्रीको मुद्दा नसुल्झिएसम्म राष्ट्रपतिले प्रधानमन्त्री र उनीसँग जोडिएका अन्य अधिकारीहरुलाई निलम्बन गर्ने निणर्य गरेको त्यहाँको राष्ट्रपतिय कार्यालयले सोमबार जानकारी दिएको छ ।

‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गर्नुका साथै उनी भ्रष्टाचारमा मुछिएयताका सबै शक्तिहरु हटाउने निणर्य गरेका छन् । प्रधानमन्त्रीको भ्रष्टाचारको मुद्धा नसुल्झिएसम्म उनी निलम्बित रहने छन्,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । सोमालियाका प्रधानमन्त्रीमाथि संसदीय चुनावको क्रममा घोटाला गरेको आरोप लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७