माओवादी बन्दसत्र : अध्यक्ष प्रचण्डको प्रतिवेदनमा छलफल गर्न २५ समूह


१२ पुष २०७८, सोमबार
maoist convention

काठमाडौं । नेकपा माओवादी अध्यक्ष प्रचण्डले बन्द सत्रमा पेश गरेको प्रतिवेदनमाथि छलफल गर्न २५ समूह विभाजन गरिएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेसँगै सोको छलफलका लागि समूह विभाजन गरिएको हो । जसअनुसार जेष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकारको गरी ३ समूह विभाजन गरिएको छ । जसको नेतृत्व नन्दकुमार थापाले गरेका छन् ।

यसैगरी प्रदेश-१ को दुई समूह विभाजन गरिएको छ । जसको नेतृत्व हर्क गुरुङले गरेका छन् । यस्तै प्रदेश-२ को गणेश साह टोली नेता छन् भने सो प्रदेशको पनि दुई समूह विभाजन गरिएको छ । यस्तै लुम्बिनी प्रदेशको समूह नेता चक्रपाणि खनाल छानिएका छन् भने गण्डकी प्रदेशको नेतृत्व गायत्री गुरुङले गरेकी छन् ।

यस्तै प्रवास समितिमा लक्ष्मण पन्त, कर्णालीमा विमला केसी समूह नेता बनेकी छन् । पन्त, केसी र गुरुङ नेतृत्वको टोलीलाई पनि दुई-दुई समूहमा विभाजन गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको समूहको नेतृत्व खगराज भट्टले पाएका छन् भने विभागको माया प्रसाद शर्मा टोली नेता बनेका छन् । यस्तै सम्पर्क समन्वय प्रदेशको कृष्ण अधिकारी, बागमती प्रदेशको सरल सहयात्री, जबस मोर्चामा अमृता थापालगायत टोली नेता तोकिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७